१३ मंसिर २०७८, सोमबार ०६:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध निर्वाचित
१३ मंसिर , चितवन । नेकपा (एमाले) को चितवन सौराहामा जारी १० औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए । मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उम्मेदवारी नपरेको एमाले केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । एमाले अध्यक्ष, उपाध्यक्ष, सचिवमा भने चुनाव हुने भएको छ । ती पदका लागि आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply