१३ मंसिर २०७८, सोमबार ०६:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध निर्वाचित
१३ मंसिर , चितवन । नेकपा (एमाले) को चितवन सौराहामा जारी १० औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए । मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उम्मेदवारी नपरेको एमाले केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । एमाले अध्यक्ष, उपाध्यक्ष, सचिवमा भने चुनाव हुने भएको छ । ती पदका लागि आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply