१३ मंसिर २०७८, सोमबार ०९:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा
१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।
अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन’ अध्यक्ष थापाले भने । उनले आफूले अध्यक्षहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र अरु पुराना नेताहरुको पनि आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्न आएको जिकिर गरे ।
राप्रपाको अध्यक्षमा यसअघि नै नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
Leave a Reply