एमाले महाधिवेशन : नयाँ नेतृत्व छान्न आज राति ९ बजेदेखि मतदान
१३ मंसिर, चितवन । नेकपा (एमाले) को चितवन सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशित गरिएको छ । प्रकाशित तालिकाअनुसार आज (सोमबार) राति ९ बजे मतदानको कार्यक्रम राखिएको छ ।
चितवनको सौराहस्थित होटेल सेभेन स्टारको हलमा आज राति ९ देखि १ बजेसम्म मतदान गर्ने गरी प्रकाशित कार्यतालिकामा उम्मेदवारउपर उजुरी दिन १५ मिनेट समय तोकिएको छ । यस्तै, उजुरीउपर छानबिन र निर्णयका लागि भने पाँच मिनेटको समय निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा मतदान सम्पन्न भएपश्चात १४ गते नै मतगणना गरिने, सोही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको छ । यसअघि आज अपरान्ह ४ बजेसम्म नाम फिर्ताको लागि समय दिइएको छ भने ४ः५ मा अन्तिम नामावली प्रकाशन हुँदैछ ।
एमालेमा केपी ओलीविरुद्ध अध्यक्षमा भीम रावलले चुनौति दिएका छन् भने ओलीले चयन गरेको नामावलीविरुद्ध घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । एमालेको जारी दशौं महाधिवेशन अन्तर्गत वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply