१३ मंसिर २०७८, सोमबार १५:३७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले महाधिवेशन– पदाधिकारीमा मात्र चुनाव गराउने कसरत
१३ मंसिर, चितवन । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई बढी लम्बिने निश्चित भएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारिएको छ ।
३०१ सदस्य निर्वाचित हुनुपर्ने केन्द्रीय कमिटीका लागि ३३१ जनाले मनोनयन दर्ता गराएकोमा केहीले फिर्ता लिएका छन् । बाँकीलाई पनि फिर्ता लिन लगाएर केन्द्रीय सदस्य बाहेक पदाधिकारीमा मात्र चुनाव गराउने तयारी छ ।
अधिकांश उम्मेदवारले फिर्ता लिइसकेकाले केहीलाई मनाएर छिटोछरितो मतदानको तयारीका लागि समय सारिएको निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जानकारी दिए ।
पदाधिकारीमा भने अध्यक्ष,उपाध्यक्ष र सचिवमा चुनाव हुने भएको छ । मतदानको समय अनिश्चित भएपछि प्रतिनिधिहरु अन्यौलमा परेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply