एमालेको चुनाव सकियो : दुई हजार ८१ जनाले गरे मतदान, दिउँसो २ बजेभित्र परिणाम
१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी मतदान सकिएको छ । एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज बिहानै ४ बजे शुरु भएको विद्युतीय मतदान केही बेरअघि सकिएको हो ।
एमाले दशौं महाधिवेशनको केन्द्रीय निर्वाचन आयोगका अनुसार कूल २ हजार ८१ मत खसेको छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाले भने, ‘परिणाम घोषणालाई धेरै समय लाग्दैन । डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं । सबै बुथको मत जोड्छौं । अनि परिणाम घोषणा गर्छाैं । अधिकतम लागे २ बजेसम्म घोषणा भइसक्छ ।
चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए । चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply