सर्वोच्च मा आज देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदै
१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा आज देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास शुरु हुन लागेको हो ।
पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था भएकाले पहिलो थैलीमा १ देखि २१ सम्म नम्बरका गोटी राखिएका हुन्छन् । वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् ।
त्यस्तै, दोस्रो थैलीमा ‘अ’ र ‘आ’ लेखिएका दुईवटा गोटी र न्यायाधीशको संख्याअनुसार अरू खाली गोटी राखिन्छ । अहिले सर्वोच्चमा एक न्यायाधीशको पद रिक्त रहेकाले बढीमा २० वटा मात्रै गोटी रहन्छन् । यो थैलीबाट न्यायाधीशहरूले गोटी निकालेर एकल इजलासको टुंगो लगाउँछन् । तेस्रो थैलीमा संयुक्त इजलासको संख्याअनुसार संकेत रहेका गोटीहरू राखिएको हुन्छ । यी गोटी छानेपछि संयुक्त इजलासमा को–को न्यायाधीश रहने भन्ने टुंगो लाग्छ ।
यसरी इजलास गठन भइसकेपछि ती इजलासका लागि मुद्दा टुंग्याउनु पर्छ । त्यसका लागि चौथो थैलीमा मुद्दाको समूह जनाउने ‘क’, ‘ख’ र ‘ग’ लेखिएका गोटी राखिएका हुन्छन् । न्यायाधीशहरूमध्ये हरेक इजलासका एकजनाले गोटी तान्छन् र कुन समूहको मुद्दा कसले हेर्ने भन्ने टुंगो लाग्छ । तानिएका गोटी सम्बन्धित न्यायाधीशले सिसिक्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाएर गोटीको संकेतांक प्रस्ट बुझाउने गरी सुनाउनु पर्छ । सोको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिन्छ ।
कोही न्यायाधीशलाई कमर्सियल लको ज्ञान हुन सक्छ, कोही देवानी मुद्दामा विशेषज्ञ हुन सक्छ, कोही फौजदारी मुद्दा राम्ररी हेर्न सक्ने हुन्छन्, भण्डारीले भने, गोला तानेर इजलास तोक्दा यसरी न्यायाधीश छानिँदैनन् । त्यसैले यो त्यति ‘परिपक्व’ निर्णय होइन जस्तो मलाई लाग्छ । हेरौं कति सफल हुन्छ ।
न्यायालय सुधारको प्रतिवेदन तयार गर्ने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारी अटोमेसन प्रणाली (सफ्टवेयर मेसिनले छान्ने) बाट इजलास र पेसी तोक्नु दीर्घकालीन समाधान हुने बताउँछन् ।
हामीले उहाँलाई समितिले प्रतिवेदन बुझाउँदै गर्छ, त्यतिन्जेलसम्म गोलाप्रथा लागू गर्नुस्, पछि अटोमेसनमा जाने गरी तयारी सुरु गर्नुस् भनेका थियौँ, गत वर्ष असोजमा प्रधानन्यायाधीश जबरालाई दिएको सुझाव स्मरण गर्दै अधिकारीले भने, ‘उहाँले तपाईंहरू अहिले सिफारिस गरेर ल्याउनुस्, भोलिदेखि गोलाप्रथा लागू गर्दिन्छु भन्नुहुन्थ्यो । तर, पछि त प्रतिवेदन बुझाएको यति समय भइसक्दा पनि त्यो कार्यान्वयन गर्नु भएन । उहाँको भित्री स्वार्थ गोला वा अटोमेसनमा नजाने नै रहेछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply