सर्वोच्च मा आज देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदै
१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा आज देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास शुरु हुन लागेको हो ।
पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था भएकाले पहिलो थैलीमा १ देखि २१ सम्म नम्बरका गोटी राखिएका हुन्छन् । वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् ।
त्यस्तै, दोस्रो थैलीमा ‘अ’ र ‘आ’ लेखिएका दुईवटा गोटी र न्यायाधीशको संख्याअनुसार अरू खाली गोटी राखिन्छ । अहिले सर्वोच्चमा एक न्यायाधीशको पद रिक्त रहेकाले बढीमा २० वटा मात्रै गोटी रहन्छन् । यो थैलीबाट न्यायाधीशहरूले गोटी निकालेर एकल इजलासको टुंगो लगाउँछन् । तेस्रो थैलीमा संयुक्त इजलासको संख्याअनुसार संकेत रहेका गोटीहरू राखिएको हुन्छ । यी गोटी छानेपछि संयुक्त इजलासमा को–को न्यायाधीश रहने भन्ने टुंगो लाग्छ ।
यसरी इजलास गठन भइसकेपछि ती इजलासका लागि मुद्दा टुंग्याउनु पर्छ । त्यसका लागि चौथो थैलीमा मुद्दाको समूह जनाउने ‘क’, ‘ख’ र ‘ग’ लेखिएका गोटी राखिएका हुन्छन् । न्यायाधीशहरूमध्ये हरेक इजलासका एकजनाले गोटी तान्छन् र कुन समूहको मुद्दा कसले हेर्ने भन्ने टुंगो लाग्छ । तानिएका गोटी सम्बन्धित न्यायाधीशले सिसिक्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाएर गोटीको संकेतांक प्रस्ट बुझाउने गरी सुनाउनु पर्छ । सोको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिन्छ ।
कोही न्यायाधीशलाई कमर्सियल लको ज्ञान हुन सक्छ, कोही देवानी मुद्दामा विशेषज्ञ हुन सक्छ, कोही फौजदारी मुद्दा राम्ररी हेर्न सक्ने हुन्छन्, भण्डारीले भने, गोला तानेर इजलास तोक्दा यसरी न्यायाधीश छानिँदैनन् । त्यसैले यो त्यति ‘परिपक्व’ निर्णय होइन जस्तो मलाई लाग्छ । हेरौं कति सफल हुन्छ ।
न्यायालय सुधारको प्रतिवेदन तयार गर्ने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारी अटोमेसन प्रणाली (सफ्टवेयर मेसिनले छान्ने) बाट इजलास र पेसी तोक्नु दीर्घकालीन समाधान हुने बताउँछन् ।
हामीले उहाँलाई समितिले प्रतिवेदन बुझाउँदै गर्छ, त्यतिन्जेलसम्म गोलाप्रथा लागू गर्नुस्, पछि अटोमेसनमा जाने गरी तयारी सुरु गर्नुस् भनेका थियौँ, गत वर्ष असोजमा प्रधानन्यायाधीश जबरालाई दिएको सुझाव स्मरण गर्दै अधिकारीले भने, ‘उहाँले तपाईंहरू अहिले सिफारिस गरेर ल्याउनुस्, भोलिदेखि गोलाप्रथा लागू गर्दिन्छु भन्नुहुन्थ्यो । तर, पछि त प्रतिवेदन बुझाएको यति समय भइसक्दा पनि त्यो कार्यान्वयन गर्नु भएन । उहाँको भित्री स्वार्थ गोला वा अटोमेसनमा नजाने नै रहेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply