एमालेले निकालेका व्यक्ति संसदमा स्वीकार्दैनौं : ओली
१७ मंसिर, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका छन् । शुक्रबार दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद चल्न नदिने बताए ।
हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ ? ओलीले भने, हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं । सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ।
एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो।
ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाए। उनले भने, गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् । सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने रु यस्तो अर्कमन्यता लम्ब्याउनु हुँदैन भनेर हामीले चाँडै आमचुनावमा जानुपर्छ भनेर भनेका छौं ।
सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए। अदालतको हुर्मत लिने काम भइरहेको छ, उनले भने, गलत फैसला गराएर हुर्मत लिने काम भएको छ। त्यो आफैं उहाहरु भन्नुहुन्छ । समाधानका लागि उहाँहरु गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply