एमालेले निकालेका व्यक्ति संसदमा स्वीकार्दैनौं : ओली
१७ मंसिर, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका छन् । शुक्रबार दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद चल्न नदिने बताए ।
हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ ? ओलीले भने, हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं । सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ।
एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो।
ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाए। उनले भने, गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् । सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने रु यस्तो अर्कमन्यता लम्ब्याउनु हुँदैन भनेर हामीले चाँडै आमचुनावमा जानुपर्छ भनेर भनेका छौं ।
सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए। अदालतको हुर्मत लिने काम भइरहेको छ, उनले भने, गलत फैसला गराएर हुर्मत लिने काम भएको छ। त्यो आफैं उहाहरु भन्नुहुन्छ । समाधानका लागि उहाँहरु गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply