कांग्रेसको बागमती सभापतिमा बानियाँ र केसीबीच पुनः चुनाव
१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ ।
पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुने छ ।
कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था छ । त्यसैले आइतबार बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply