राजसंस्था र हिन्दु राज्य पक्षधरलाई ६ महिनामा एक बनाउँछु : राजेन्द्र लिङ्देन
१९ मंसिर, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बाहिरका राजसंस्था र हिन्दू राष्ट्र पक्षधरलाई ६ महिनाभित्र एक बनाउने बताएका छन्।
उनले राजावादी र हिन्दुवादी सबै संघ संगठन र पार्टी हरुलाई एकताबद्ध गरेर लैजाने प्रतिवद्धता निर्वाचित भएपछि जनाएका हुन्।
जितपछि छोटो कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। ‘राप्रपा बाहिरका राजसंस्था र हिन्दू राष्ट्र माग्ने सबै व्यक्ति, समूह, संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्नेछौँ’, उनले भने, ‘त्यो शक्तिका आधारमा निर्वाचनको तयारी गर्दै सडक संघर्ष पनि थाल्छौँ। जहाँबाट छिटो हुन्छ, त्यतैबाट राजसंस्था स्थापना गर्छौँ।
लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको कमी कमजोरी सच्चाएर कांग्रेस र कम्युनिस्टको विकल्प मात्रै नभइ जनताको मन जित्ने पार्टी बनाउने वाचा पनि गरेका छन्।
हाम्रो पार्टी ३१ वर्षको इतिहासमा खिइँदै–खिइँदै कमजोर भएर अहिले सर्वाधिक नाजुक अवस्थामा आइपुगेको छ, उनले भने, यो राष्ट्रिय पार्टीको हैसियतमा पनि छैन। हामीले विभाजित पार्टी फेरि एकीकरण गर्यौँ। एकीकरण गरेको दुई वर्ष बित्दा पनि हाम्रा नेताहरुले पार्टीमा सुधार र विकासका कुनै संकेत देखाउनु भएन।’
देशमा ठूला–ठूला राष्ट्रिय मुद्दा र घटना हुँदा पनि राप्रपाको अस्तित्व नदेखिएको बताए। ‘यो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन, उनले भने, त्यस्तो अकर्मण्य अवस्थामा पनि उहाँहरु झगडा गरेर बस्नुभयो।
लिङ्देनले अब ठूला–ठूला राष्ट्रिय मुद्दा र घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी कहाँ थियो भन्ने दिन आउन नदिने पनि वाचा गरेका छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply