राजसंस्था र हिन्दु राज्य पक्षधरलाई ६ महिनामा एक बनाउँछु : राजेन्द्र लिङ्देन
१९ मंसिर, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बाहिरका राजसंस्था र हिन्दू राष्ट्र पक्षधरलाई ६ महिनाभित्र एक बनाउने बताएका छन्।
उनले राजावादी र हिन्दुवादी सबै संघ संगठन र पार्टी हरुलाई एकताबद्ध गरेर लैजाने प्रतिवद्धता निर्वाचित भएपछि जनाएका हुन्।
जितपछि छोटो कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। ‘राप्रपा बाहिरका राजसंस्था र हिन्दू राष्ट्र माग्ने सबै व्यक्ति, समूह, संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्नेछौँ’, उनले भने, ‘त्यो शक्तिका आधारमा निर्वाचनको तयारी गर्दै सडक संघर्ष पनि थाल्छौँ। जहाँबाट छिटो हुन्छ, त्यतैबाट राजसंस्था स्थापना गर्छौँ।
लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको कमी कमजोरी सच्चाएर कांग्रेस र कम्युनिस्टको विकल्प मात्रै नभइ जनताको मन जित्ने पार्टी बनाउने वाचा पनि गरेका छन्।
हाम्रो पार्टी ३१ वर्षको इतिहासमा खिइँदै–खिइँदै कमजोर भएर अहिले सर्वाधिक नाजुक अवस्थामा आइपुगेको छ, उनले भने, यो राष्ट्रिय पार्टीको हैसियतमा पनि छैन। हामीले विभाजित पार्टी फेरि एकीकरण गर्यौँ। एकीकरण गरेको दुई वर्ष बित्दा पनि हाम्रा नेताहरुले पार्टीमा सुधार र विकासका कुनै संकेत देखाउनु भएन।’
देशमा ठूला–ठूला राष्ट्रिय मुद्दा र घटना हुँदा पनि राप्रपाको अस्तित्व नदेखिएको बताए। ‘यो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन, उनले भने, त्यस्तो अकर्मण्य अवस्थामा पनि उहाँहरु झगडा गरेर बस्नुभयो।
लिङ्देनले अब ठूला–ठूला राष्ट्रिय मुद्दा र घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी कहाँ थियो भन्ने दिन आउन नदिने पनि वाचा गरेका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply