२० मंसिर २०७८, सोमबार ०३:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तनहुँमा भरुवा बन्दुकले १७ वर्षीय किशोरको मृत्यु , प्रहरी टोली घटनास्थल जाँदै
२० मंसिर, तनहुँ । तनहुँमा भरुवा बन्दुक पड्केर गोली लाग्दा एक किशोरको ज्यान गएको छ । तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी युवराज खड्काले दिएको जानकारीअनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ मा भरुवा बन्दुक पड्केर १७ वर्षका रोमित मल्लको मृत्यु भएको हो ।
उनका अनुसार आइतबार राति घटना भएको हो । आफ्नै भरुवा बन्दुक पड्केर उनको मृत्यु भएको भनेर भर्खर खबर आएको छ, डीएसपी खड्काले भने, टोली जाँदैछ, विस्तृत जानकारी आइसकेको छैन ।
बन्दुकको गोली लागेर घाइते भएका मल्लको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा राति नै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए । कसरी बन्दुक पड्कियो र गोली लाग्यो भन्ने कुरा अहिले खुलिनसकेको र प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि मात्र यस विषयमा भन्ने सकिने उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply