नेपाल एयरलाइन्सलाई रेडियोधर्मीदेखि गन्धकसम्मका खतराजन्य सामग्री बोक्ने ‘लाइसेन्स’
२० मंसिर , काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) ले खतराजन्य सामग्री ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’ ओसार पसारका लागि मान्यता पाएको छ ।
नेपालको हवाइ नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउने गरी प्रमाणपत्र (लाइसेन्स) दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
क्यानका महानिर्देशक क्षेत्रले धेरै वर्षअघि हुनुपर्ने काम सम्पन्न गरिएको भन्दै कार्यान्वयन पक्षमा कमजोरी हुन नदिन निगमका अधिकारीहरूलाई आग्रह गरे ।
पछिल्लो समय विश्वभर नै एयरलाइन्सहरूले खतराजन्य सामग्री र पदार्थहरू (डेन्जरस गुड्सहरू) पनि बोक्न थालेक छन् । यस्ता सामग्रीहरूलाई नौ भागमा वर्गीकरण गरिएको छ ।
नियामक निकायले आफ्नो देशका एयरलाइन्स कम्पनीहरूलाई अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि यस्ता सामान बोक्न योग्य रहेको प्रमाणीकरण गर्छ ।
यही प्रकृया अन्तर्गत अहिले नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक क्यानबाट खतराजन्य पदार्थहरू ओसारपसार गर्ने प्रमाणित एयरलाइन्सका रूपमा प्रमाणपत्र पाएको हो ।
क्यानले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) को मापदण्डअनुसार निगमलाई डेञ्जरस गुड्स क्यारियर मान्यता दिएको हो । यसअघि क्यानले श्री एयरलाइन्सलाई मात्र यस्तो मान्यता दिएको थियो । खतराजन्य सूचीका सामान ओसारपसार गर्न खोजेका सरकार र व्यवसायीको कार्गो निगमको जहाजले बोक्नेछ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
Leave a Reply