२१ मंसिर २०७८, मंगलवार ०७:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आन्दोलित वकिलहरुको टोली ओलीलाई भेट्न बालकोट पुग्यो
२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित वकिलहरुको टोली एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ।
गत कात्तिक पहिलो सातादेखि आन्दोलित वकिलहरुको टोली सर्वोच्चमा देखिएको जटिलता र जबराको राजीनामासहितका विषयमा कुरा गर्न प्रमुख प्रतिपक्षी दलका नेताको निवासमा पुगेको हो।
एमाले अध्यक्ष ओलीले उनीहरुलाई मध्यान्ह साढे १२ बजेको समय दिएर बालकोट बोलाएका थिए। त्यही अनुसार बालकोट पुगेका उनीहरुले ओलीलाई अहिले पौने १ बजे भेटेका छन्।
ओलीलाई भेट्न जेष्ठ वकिल कृष्णप्रसाद भण्डारी, बारका पूर्वअध्यक्ष शभ्मु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य पनि बालकोट पुगेका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply