राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै, कमल थापाद्वारा बहिस्कार
२२ मंसिर, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचित कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले भने बहिस्कार गर्ने भएका छन् ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालय धुम्बाराहीमा आज बुधबार साढे १२ निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका हुन् ।
बैठकमा राप्रपाका निवर्तमान अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई बोलाइएको छ ।
यद्यपि, थापा भने बैठकमा नजाने उनीनिकट निर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।
पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नजाने कारणबारे स्पष्ट कारण खुलेको छैन ।
उहाँ बैठकमा जानुहुन्न मैले बुझेको यत्ति हो, बर्तौलाले भने ।
उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि थापा अहिले नै बैठकमा जाने परिस्थिति बनिनसकेको बताए ।
बुधबार बस्ने बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे कुरा उठाउने भएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply