राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै, कमल थापाद्वारा बहिस्कार
२२ मंसिर, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचित कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले भने बहिस्कार गर्ने भएका छन् ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालय धुम्बाराहीमा आज बुधबार साढे १२ निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका हुन् ।
बैठकमा राप्रपाका निवर्तमान अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई बोलाइएको छ ।
यद्यपि, थापा भने बैठकमा नजाने उनीनिकट निर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।
पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नजाने कारणबारे स्पष्ट कारण खुलेको छैन ।
उहाँ बैठकमा जानुहुन्न मैले बुझेको यत्ति हो, बर्तौलाले भने ।
उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि थापा अहिले नै बैठकमा जाने परिस्थिति बनिनसकेको बताए ।
बुधबार बस्ने बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे कुरा उठाउने भएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply