कांग्रेसको संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार
२२ मंसिर, काठमाडौं । पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्शविहीन भएको छ ।
बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए ।
देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको एक नेताले बताए । सभापतिमा देउवाको उम्मेदवारी निश्चितजस्तै भएपनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन संस्थापन समूहमा सकस छ ।
बैठकमा सहभागी नेताहरुले आफ्नो उम्मेदवारीका बारेमा धारणा राखेका थिए । उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिबाहेक दोस्रो पदका लागि दावेदार भएको बताए । उनले भने, सभापतिमा मेरो इच्छा छैन तर त्योभन्दा दोस्रो पदमा मेरो दावी रहन्छ । तर गच्छदारले उपसभापति पदमै उम्मेदवारी रहनेबारे प्रष्ट नबोलेको बैठकमा सहभागी एक नेताले बताए ।
संस्थापन समूहबाट महामन्त्रीमा हालका सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरु बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा छन् । बैठकमा पाँचै जनाले महामन्त्रीमा दावी गरेका थिए ।
त्यस्तै सहमहामन्त्रीमा खस आर्यतर्फबाट किशोर सिंह राठौर, मधेशीबाट अजय चौरासिया र महेन्द्र यादव, महिलाबाट डा. डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाले दावी गरेका छन् भने पुष्पा भुसालले पनि पदाधिकारीमा दावी गरेको संस्थापन पक्षका एक नेताले बताए ।
पदाधिकारीका आकांक्षी धेरै भएपछि बिहीबार फेरि बस्ने गरी बैठक सकिएको छ ।
आकांक्षीको नाम सिफारिस गर्न नेताहरुलाई जिम्मेवारी
संस्थापन समूहले सात वटै प्रदेशका केन्द्रीय सदस्यहरुलाई आआफ्नो प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।
प्रदेश अध्यक्ष र उम्मेदवारसँग पनि परामर्श गरेर नेताहरुलाई आकांक्षीको नाम सिफारिस गर्न भनिएको छ, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भनिन्, बिहीबार १२ बजेसम्म नाम दिन भनिएको छ । त्यसपछि बैठक बसेर अन्तिम टुंगो लगाइन्छ ।
कांग्रेस महाधिवेशन शुक्रबार (मंसिर २४ गते) उद्घाटन हुँदैछ । मंसिर २५ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ । तर कांग्रेसमा संस्थापन र इतर दुबै पक्षले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply