हेलिकप्टर दुर्घटनामा विपिन रावतको मृत्यु भएको पुष्टि

२२ मंसिर, काठमाडौं । भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । रावतसँगै उनकी पत्नी मधुलिका रावत र अरु ११ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले ट्विटरमार्फत जानकारी दिएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार थिए । रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन् । उनलाई गत वर्ष जनवरीमा सरकारले सो पदमा नियुक्त गरेको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।
बुधबार बिहान तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । बाक्लो कुहिरोका कारण जंगलमा दुर्घटना भएलगत्तै हेलिकप्टरमा आगो लागेको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत तथा उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डेर र लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह सवार रहेका थिए । त्यस्तै, पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।
रावत विलिङ्टनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरहरुलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।
सम्बन्धित समाचार
-
एमालेको जनमत यथावत छ : उपमहासचिव ज्ञवाली
-
काठमाडौँ महानगरपालिका : बालेन साहको ९,५६३ मतान्तरसहित अग्रता
-
घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी
-
५३४ पालिकाको मत परिणाम : कांग्रेस, २४१, एमाले १५४, माओवादी १०१ वटामा विजयी
-
हालसम्मको मत परिणाम : कांग्रेस २००, एमाले १२४, माओवादी केन्द्र ८६ पालिकामा विजयी
-
बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०
-
एमालेले हटायो नौ महिनादेखि जारी संसदको अवरोध
-
सुदूरपश्चिम प्रदेश : हालसम्म कांग्रेस १९, एमाले १६, माओवादी नौं पालिकामा विजयी
-
काठमाडौंको मेयरमा बालेन साहलाई ५ हजार मतको अग्रता
-
२४० स्थानीय तहको नजिता : कांग्रेस १०९, एमाले ६३ तहमा विजयी
-
काभ्रेको पाँचखाल–१३ मा मतदान सुरु
-
एमालेले हालसम्म जितेका स्थानीय तह र प्रमुख
Leave a Reply