२३ मंसिर २०७८, बिहीबार ०२:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज १५ लाख मात्रा मोडर्ना खोप आउँदै
२३ मंसिर, काठमाडौं । कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज आउन लागेको हो ।
उस्तै आउँदो आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप आउने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । योसँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ । यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो ।
यस्तै कोभिशिल्डको ६ लाख डोज हिजो आइपुगेको थापाले जानकारी दिए । कोभ्याक्स सुिवधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- कान्तिपुरविरुद्ध रविको उजुरी
Leave a Reply