२३ मंसिर २०७८, बिहीबार ०२:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज १५ लाख मात्रा मोडर्ना खोप आउँदै
२३ मंसिर, काठमाडौं । कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज आउन लागेको हो ।
उस्तै आउँदो आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप आउने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । योसँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ । यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो ।
यस्तै कोभिशिल्डको ६ लाख डोज हिजो आइपुगेको थापाले जानकारी दिए । कोभ्याक्स सुिवधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply