उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको खोप लगाइँदै
२३ मंसिर, काठमाडौंं । उपत्यकाका तीनै वटै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ । तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, शहीद मेमोरियल अस्पताल कलंकी, लोट्से भवन नयाँ बसपार्क, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ ।
यस्तै काठमाडौंमा नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनिक, जडीबुटी, कोटेश्वरमा पनि कोरोनाविरुद्धको खोप दिइने मन्त्रालयले जनाएको छ ।
काठमाडौं र ललितुपरका खोप केन्द्रमा बिदाको दिन बाहेक बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म निःशुल्क खोप लगाइने छ । यस्तै भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप दिइने छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply