देउवाले पौडेललाई सर्वसम्मत सभापतिमा प्रस्ताव गरे पछि हट्छु : निधि
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गर्न शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गरे आफू सभापतिको दौडबाट पछि हट्ने उनले बताएका छन् । उनले देउवाले पौडेललाई सभापतिमा सर्वसम्मत प्रस्ताव गरे निर्विरोध रुपमा नेतृत्व चयन हुने र काँग्रेसमा एकताको सन्देश प्रवाह हुने निधिको भनाइ छ ।
आफैं सभापतिमा लड्ने घोषणा गरिसकेका निधिले शुक्रबार भने, बाहिर जनताको र नेपाली काँग्रेसका शुभेच्छुक साथीहरुको भावना हेर्दाखेरि आगामी चुनावका लागि पनि नेपाली काँग्रेसमा एकता भइदियो भने राम्रो हुन्छ भन्ने सबैको चाहना छ’ शेरबहादुरजी ५ पटक प्रधानमन्त्री भइसक्नुभयो । प्रमुख कार्यकारी पदको लागि पाइसक्नुभयो । अब उहाँले आफ्नो तर्फबाट रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुन सक्छ ।
देउवाले रामचन्द्रलाई समर्थन गरिदिने हो भने आफूहरुमाथि पनि दबाव पर्ने बताउँदै निधिले भने, देउवाजीले यो गर्दिए हुन्थ्यो, उहाँले गर्नु हुन्छ कि गर्नु हुन्न, थाहा छैन । देउवाले रामचन्द्रलाई समर्थन नगरेको अवस्थामा सभापतिमा आफ्नो उम्मेदवारी भने अहिलेसम्म कायमै रहेको निधिले बताए । उनले भने, ‘हामीले छोडेको छैन है फेरि । म सभापतिको उम्मेदवार छँदैछु । अरु साथीहरु सभापतिको उम्मेदवार छँदै हुनुहुन्छ । म सभापति पदमा लड्दैछु ।
देउवासँग असन्तुष्ट निधिले भने, ‘हामी जो नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्दैछौं, यो प्रक्रियामा अझै पनि हामी कायमै छौं । तर, यो शेरबहादुरजीको हातमा छ । उहाँले रामचन्द्रजीलाई प्रस्ताव गर्नुभयो भने धेरै राम्रो हुन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply