कांग्रेस महाधिवेशनमा पुगे ओली, देउवा र पाैडेलको बीचमा आसन
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज बाट औपचारिक रुपमा शुरु भएको छ । महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रमुखहरु भृकुटीमण्डपस्थित उद्घाटन समारोह पुगेका छन् ।
कांग्रेस महाधिवेशनले संयोग पनि जुराएको छ । तत्कालीन नेकपा भङ्ग भएपछि एकै मञ्चमा नदेखिएका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समारोहमा सहभागी भएका छन् । कांग्रेस महाधिवेशनमा पुगेका ओली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको बीचमा देखिएका छन् ।
ओली र नेपालबीच पाँच महिना र ओली र प्रचण्डबीच एक वर्षयता भेटघाट भएको थिएन । नेकपा विवाद उत्कर्षमा पुग्दा ओली-प्रचण्ड र नेपालबीच दूरी बढेको थियो । ०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपा भङ्ग भयो । तर, एमाले विभाजन रोक्न ओली र नेपालबीच संवाद भएको थियो ।
पाँच महिनाअघि उनीहरुबीच असार २३ गते होटेल मेरियटमा लामो संवाद भएको थियो । तर, सहमति नजुट्दा भदौमा दल विभाजन भएको थियो । असार २३ यता ओली र नेपालबीच संवाद भएको छैन ।
ओली र प्रचण्डबीच ०७७ पुस ५ मा संसद् विघटन अघि भेटवार्ता भएको थियो । ओलीले संसद् विघटन गरेपछि उनीहरूबीच टेलिफोन संवाद भए पनि प्रत्यक्ष भेटघाट भएको छैन । चितवनमा भएको एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने नेपाललाई निम्तो दिइएको थिएन । ओली-प्रचण्ड र नेपाल भेटवार्ता नभएपनि अधिकांश कार्यक्रममा कटाक्ष र जवाफमा उत्रिदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply