२५ मंसिर २०७८, शनिबार ०७:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट बाहिरिए– शेखर सभापति, गगन महामन्त्रीको उम्मेदवार
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
प्रकाशमान सिंहले कुनै हालतमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित भएको हो । अब संस्थापनइतर समूहबाट डा. शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् ।
यद्यपि रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसले पाउने भन्ने खुलेको छैन । तर प्रकाशमानका कारण संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसकेको भन्दै शेखरलाई समर्थन गर्न पौडेलनिकट नेताहरुको दबाब छ ।
शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् । त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ । संस्थापन पक्षका शर्मालाई शेखरले महामन्त्री उम्मेदवार बनाउन लागेको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply