प्रचण्ड र नेपाल अस्थिरताका संवाहक हुन् : ओली
२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् ।
नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप ओलीले लगाए ।
नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, नियन्त्रित अस्थिरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।
कतिपयले अझै पनि कम्युनिष्ट एकताको कुरा गरिरहेको भन्दै ओलीले भने, त्यस्ताहरुसँग एकता ? अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहिँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।
उनीहरुको सम्बन्ध कहाँ छ भन्ने कुरा आफूले राम्ररी चिनिसकेको ओलीले बताए । उनले भने, हामीले राम्ररी चिनिसकेका छौं यिनीहरुको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले देख्या छौं । छर्लङ्ग देख्या छौं ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply