कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक-फरक समूहबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।
निर्वाचन समितिले केहीबेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । गगन थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका थिए ।
महामन्त्रीको उम्मेदवारका रुपमा गगन थापा र विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की प्रतिष्पर्धामा थिए । कांग्रेस विधानमा दुई जना महामन्त्री हुने उल्लेख छ ।
सभापतिमा यसअघि नै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा पूणर्बहादुर खड्का र धनराज गुरुङ विजयी भइसकेका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४,६७९ मत खसेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply