चार क्रिकेटरको अपील : बल र ब्याट छाड्ने अवस्था नआओस्
२ पुस, काठमाडौं ।आफूहरुमाथि नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीलाई लिएर ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले मुख खोलेका छन्।
शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले देशका लागि खेलिरहँदा खेलाडीहरु माथि क्यानले पटक पटक अपमान गरेको गुनासो गरेका छन्।
उनीहरुले आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन्।
के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो?, उनीहरुले विज्ञप्ति निकालेर सोधेका छन्, आफ्नो अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौँ खेलेका,आफ्नो इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला?
उनीहरुले क्रिकेटमा देखिएका सबै समस्या हल गर्न पनि मा गरेका छन्। ‘अहिलेका सबै समस्या समाधान होऊन्। खेलका लागि राम्रो वातावरण नबनोस्, उनीहरुले भनेका छन्, यसका लागि क्यानले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्। हामी र हामी जस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस्।
उनीहरुले पछिल्लो समय खेलाडीको ग्रेडिङलाई लिएर देखिएको विवादबारे पनि बोलेका छन्।
पछिल्लो समय खेलाडीहरुको ग्रेडिङलाई लिएर जुन विवाद देखिएको छ, यसले हामीलाई अत्यन्तै दुखी बनाएको छ, विज्ञप्तिमा भनिएको छ, हामीले बुझेको खेलाडीहरूको ग्रेडिङ उसले पाउने तलब मात्रै होइन। देशका लागि गरेको योगदानको कदर पनि हो, अझै राम्रो गर्न प्रोत्साहन पनि हो।
क्यानले गरेको ग्रेडिङमा देखिएका समस्या समाधान गर्दै अन्यायमा परेका खेलाडीहरूको ग्रेड बढाउँदै लाने भनिए पनि त्यसलाई क्यानले बेवास्ता गरेको उनीहरुले बताएका छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ



Leave a Reply