६७ देशबाट आउने यात्रुले तत्काललाई सात दिन होटल क्वारेन्टिन बस्नु नपर्ने
३ पुस, काठमाडौं । कोरोना भाइरसको पछिल्लो ओमिक्रोन भेरिएन्टको जोखिम बढेको भन्दै विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालाई स्थगन गरिएको छ । अब तत्काल सो निणर्य कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरु पनि यथावत रहने अध्यागमनको सूचनामा उल्लेख छ । क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।
शुक्रबार साँझ मात्र अमेरिका, मलेसिया तथा विभिन्न युरोपेलीसहित ६७ मुलुकबाट नेपाल प्रवेश गर्नेले सात दिन होटल क्वारेन्टिन बस्नुपर्नेलगायत नियम लागू गरिएको भनेर जानकारी दिएको अध्यागमन विभाले शनिबार बिहान अर्को सूचना प्रकाशन गरी अहिलेलाई यो कुरा लागू नहुने जानकारी दिएको हो ।
‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टिन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ’, अध्यागमनको पछिल्लो सूचनामा भनिएको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचना यथावत् रहने छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply