३ पुष २०७८, शनिबार ०८:११
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भीम रावलद्वारा एमाले सल्लाहकार सदस्य अस्वीकार, भन्छन्– नसोधी टीका लगाइदिनु आपत्तिजनक
३ पुस, काठमाडौं । १० औं महाधिवेशनबाट एमाले अध्यक्षमा पराजित भएका नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत परिषद् सदस्य बनाएकोप्रति आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्– मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।
अध्यक्षमा पराजित रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गरेका थिए । उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताइरहेका छन् । यद्यपि, हिजो एमाले महासचिव शंकर पोखरेलले रावललाई उपयुक्त पद दिने र त्यसका लागि छलफल भइरहेको बताएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply