३ पुष २०७८, शनिबार ०८:११
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भीम रावलद्वारा एमाले सल्लाहकार सदस्य अस्वीकार, भन्छन्– नसोधी टीका लगाइदिनु आपत्तिजनक
३ पुस, काठमाडौं । १० औं महाधिवेशनबाट एमाले अध्यक्षमा पराजित भएका नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत परिषद् सदस्य बनाएकोप्रति आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्– मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।
अध्यक्षमा पराजित रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गरेका थिए । उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताइरहेका छन् । यद्यपि, हिजो एमाले महासचिव शंकर पोखरेलले रावललाई उपयुक्त पद दिने र त्यसका लागि छलफल भइरहेको बताएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply