थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो
९ पुस, काठमाडौं । नेपालमा थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान खोप नेपाल आइपुगेको हो ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्स अन्तर्गत अमेरिकाबाट आएको फाइजर खोप भण्डारमा ल्याइएको छ । फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ ।
सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिन भित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।
नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो। सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो ।
सरकारले प्रदेश-१ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply