हुम्लामा तीन फिटसम्म हिमपात, जनजीवन कष्टप्रद
१० पुस, हुम्ला । हुम्ला जिल्लामा गए रातिदेखि हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ ।
हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । स्थानीय बासिन्दा हिमपातले बालीनाली सप्रने भएपछि खुशी भएका छन् ।
हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ। जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरीङ लामाले बताएका छन्।
नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाइ भइरहेको लामाले बताए। हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ। हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ। एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ। यस्तै सदरमुकाममा चहलपहल न्यून छ।
उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ।
हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ। हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने जानकारी प्राप्त भएको छ। शुक्रवार साँझ देखि जिल्लाको मौसममा फेरबदल आएसँगै शनिवार बिहानबाट हिमपात भएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply