माओवादी महाधिवेशन : बन्द सत्र शुरु, प्रचण्डले प्रतिवेदन पेश गर्ने
१२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत बन्द सत्र शुरु भएको छ । बन्द सत्र कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै शुरु भएको माओवादी केन्द्रले जानकारी दिएको छ । बन्द सत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
राजनीतिक प्रतिवेदनमाथि सामुहिक छलफल हुने जनाइएको छ । बन्द सत्रमा कूल १,६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । राष्ट्रिय सम्मेलनको तयारी पूरा गरिसकेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिले निणर्य गरेको थियो । त्यसलाई आइतबार बिहान केन्द्रीय समितिको बैठकले औपचारिकता दिएको थियो । यस्ते माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निणर्य गरेको थियो ।
प्रज्ञा भवन प्रवेशका लागि प्रतिनिधिलाई कार्ड अनिवार्य
नेकपा माओवादीको आठौं महाधिवेशनका लागि प्रज्ञा भवन कमलादीमा अहिले प्रतिनिधिहरू प्रवेश गर्ने क्रम जारी छ । प्रज्ञा भवनभित्र प्रवेश गर्ने प्रतिनिधिहरूलाई महाधिवेशनको कार्ड अनिवार्य गरिएको छ । मुख्य प्रवेशद्वारमा खटिएका स्वयंसेवकहरूले आगन्तुकको कार्ड हेरेर मात्रै प्रवेश गर्न दिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको सुरक्षा टोलीका प्रमुख प्रलोक पाण्डे आफैं सन्चारसेट बोकेर प्रज्ञा भवनको गेटमा खटिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको टोली फिर्ता गरेपछि वाईसीएलले पाण्डे नेतृत्वको टोली खटाएको थियो ।
महाधिवेशनको व्यवस्थापनमा खटिएका वाईसीएल सहसंयोजक सुवोध शेर्पालीले प्रतिनिधिहरूलाई सहज रुपमा प्रवेशको व्यवस्था मिलाउन स्वयंसेवक टोलीले सहयोग गरिरहेको बताए । प्रज्ञा भवनको गेट बाहिर केन्द्रीय कार्यालय पेरिसडाँडाको एक टोली पनि छ । सो टोलीले प्रतिनिधिहरूलाई कार्डको व्यवस्था मिलाएको छ । शुरुमा प्रतिनिधिहरूलाई बाँडिएको ‘राष्ट्रिय सम्मेलन’ लेखिएको कार्ड फिर्ता लिने र ‘राष्ट्रिय महाधिवेशन’ लेखिएको कार्ड वितरण गर्ने काम केन्द्रीय कार्यालयको टोलीले गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply