पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने सीके राउतको घोषणा
१५ पुस, जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले आज देखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।
पार्टीका अध्यक्ष राउतले बुधबार राति विज्ञप्ति जारी गरी आज पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिनभर अनिश्चितकालसम्म अवरुद्ध गर्ने घोषणा गरेका हुन्।
साथै मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरूको कार्यक्रममा विरोध गर्ने पनि उनले बताएका छन्।
किसानका ७ बुँदे मागको सुनुवाइ नगरेको भन्दै जनमत पार्टीले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
जारी विज्ञप्तिमा मन्त्रिस्तरीय/उच्चस्तरीय वार्ता समिति गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको आरोप लगाइएको छ।
आफ्नो आन्दोलनमा प्रहरीले दमन गरेको, अश्रुग्यास चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुनेगरी कुटपिट गरेको, किसानविरुद्ध ज्यादती गरेको तथा झुटा मुद्दा लगाएको आरोप पनि जनमत पार्टीले लगाएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply