सेन्ट्रल जोन महिला भलिवल विजेता टोली स्वदेश फर्कियो
१५ पुस, काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर फर्किएको नेपाली महिला भलिबल टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर लगातार दोस्रो पटक उपाधि उचालेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्र चन्दलगायत संघका पदाधिकारीले स्वागत गरेका थिए ।
नेपाली महिला टोलीले अपराजित रहँदै उपाधि उचालेको हो । नेपाल पहिलो खेलमा श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग दुई-दुई सेट हार्नु बाँकी अरू सबै सेट जितेको थियो । नेपालले लिग चरणमा आयोजक बंगलादेश, माल्दिभ्स र कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको उपाधि पनि जितेको थियो । पहिलो संस्करणमा नेपालले कुनै पनि सेट गुमाएको थिएन । नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएर उपाधि जितेको थियो । त्यो नेपाली महिला भलिबलमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पदक थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply