पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ मलामीको मृत्यु, ८ जना घाइते
१८ पुस,पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । दुर्घटनामा आठ जना घाइते भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए । उनका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिंडेको बस दुर्घटना भएको हो ।
आइतबार बिहान साढे १० बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।
प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । चार वटा शव बाहिर देखिएको र तीन वटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply