प्रधानमन्त्री देउवा र बिम्स्टेकका महासचिवबीच भेटवार्ता
२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलबीच भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलबीच शिष्टाचार भेटवार्ता भएको हो ।
उनीहरुबीच बिमस्टेक र नेपालले आगामी कोलम्बो सम्मेलनको विषयमा चर्चा भएको छ । भेटमा महासचिव लेकफेलले नेपालले बिमस्टेक प्रक्रियालाई अगाडि बढाउन पुर्याएको योगदानको प्रशंसा गरेका छन् । महासचिव लेकफेलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आर्थिक र प्राविधिक क्षेत्रमा क्षेत्रीय सहयोग जुटाउने र सहकार्य गर्ने उद्देश्यले स्थापित भएको संगठन हो । चौथो शिखर सम्मेलन नेपालमा भएको थियो । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्दैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply