माओवादी केन्द्रको पदाधिकारी चयन अनिश्चित, वैठक स्थगन
२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन अनिश्चित बनेको छ । अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन भएको छ ।
भर्खरै काठमाडौंमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका छन् ।
ढकालका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा निर्वाचनपछि मात्र बस्ने सम्भावना छ । पदावधि पूरा भएर राष्ट्रिय सभाका १९ सदस्य बिदा हुन लागेकाले तिनमा पदपूर्तिका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
यही पुस ११-१८ मा सम्पन्न आठौं महाधिवेशनले माओवादी केन्द्रको २४६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्विरोध चयन गर्यो ।
अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ । यसबारे निणर्य गर्न यही पुस २५ गते केन्द्रीय बैठक राख्ने निणर्य भएको थियो । माओवादी केन्द्रका एक शीर्ष नेता वर्षमान पुन अनन्त उपचारका क्रममा चीनमा रहेकाले उनी समेत सहभागी हुन भ्याउनेगरी केन्द्रीय समितिको बैठक पुस २५ लाई निर्धारण गरिएको थियो ।
तर त्यो बैठक पनि स्थगन गरिएको हो । २५ गतेको लागि बोलाइएको बैठक स्थगित गरिएको छ’ ढकालले भने, कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको हो, अब अर्को बैठक माघ ८ गते बोलाउने कि भन्ने थियो, तर राष्ट्रिय सभा निर्वाचनले भ्याउने अवस्था छैन, त्यसपछि मात्र बैठक बस्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply