माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण
२४पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार साँझ परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कारोना संक्रमण पुष्टि भएको हो । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् प्रचण्डलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।
अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ, केही बेरअघि सामाजिक सञ्जालमा दाहालले लेखेकी छन्, उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ । यो बीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनले आग्रह गरेकी छन् । ‘डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराउँदछौँ ’ दाहालले भनेकी छन् ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य श्रेष्ठले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्तीमा १४ दिन आइसोलेसनमा नै रहनेछु , श्रेष्ठले भनेका छन्, हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनु भएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।
हालै काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा यसका सय जनाभन्दा बढी नेतालाई कोरोना संक्रमण भएको आशंका छ । नेताहरू बिरामी भएकै कारण यसअघि पदाधिकारी छनोट गर्न भोलि पुस २५ गते बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पनि स्थगन गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply