राष्ट्रिय सभा निर्वाचनको निर्वाचन अधिकृत जिल्ला न्यायाधीशहरुले थप सेवा-सुविधा नलिने
२४ पुस, काठमाडौं । आउँदो माघ १२ गतेलाई तय गरिएको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश निर्वाचन अधिकृतका रूपमा खटिने सात न्यायाधीशले थप सेवा-सुविधा नलिने घोषणा गरेका छन् ।
सात जिल्लाका न्यायाधीशहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतका हैसियतले राष्ट्रिय सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि २०७८ अनुसारको कुनै पनि प्रकारको थप सेवा-सुविधा नलिने घोषणा गरेका हुन् ।
जीवन निर्वाह गर्न आवश्यक पर्ने न्यूनतम पारिश्रमिक राज्यकोषबाट प्राप्त भइरहेको बताउँदै सातै प्रदेश निर्वाचन अधिकृतले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ , राष्ट्रिय सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि, २०७८ द्वारा प्राप्त हुने कुनै पनि थप भत्ता, आर्थिक सुविधा र विभिन्न शीर्षकहरूअन्तर्गतको रकम यसपटकको राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७८ को कार्यसम्पादनको सिलसिलामा नलिई निर्वाचन अधिकृतमा नियुक्त हामी न्यायाधीशहरूको तर्फबाट निर्वाचन आयोगमा नै ससम्मान फिर्ता गर्ने निणर्य गरेको जानकारी गराउँछौँ ।
प्रदेश निर्वाचन अधिकृतहरूमा प्रदेश १ का भरत लम्साल, प्रदेश २ का ब्रजेश प्याकुरेल, बागमतीका डिल्लीरत्न श्रेष्ठ, गण्डकीका श्रीकृष्ण भट्टराई, लुम्बिनीका रितेन्द्र थापा, कर्णालीका डा. राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका जयानन्द पनेरू रहेका छन् । निर्वाचन आयोगले उनीहरूलाई गत पुस ११ मा प्रदेश निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो । यही माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ सिटका लागि निर्वाचन हुँदैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply