आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य
२६ पुस, काठमाडौं । कोभिड-१९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।
कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निणर्य गरेको हो ।
हवाई उडानका लागि विमानस्थल पुग्ने यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निणर्य भएको सिसिएमसीका प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जानकारी दिइन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि सिसिएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।
त्यसैगरी, यही माघ ३ गतेदेखि लागू हुनेगरी सार्वजनिक स्थानमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निणर्य भएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन् ।
अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० एयरलाइन्सले उडान भर्दै आएकामा कोभिडको दोस्रो लहरपछि अहिले नेपालका दुईसहित २० वटा एयरलाइन्सले उडान सञ्चालन गरिरहेका छन् । रासस
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply