२६ पुष २०७८, सोमबार ०८:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
शिक्षामन्त्री पौडेल पनि आइसोलेसनमा
२६ पुस, काठमाडौं । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पौडेल आइसोलेसनमा बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएको र आरटी-पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको छ ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । दाहालको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका थिए । कोरोना संक्रमण पुष्टि हुनुअघि शुक्रबार बिहान दाहाल उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी थिए ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
Leave a Reply