उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन राेक, यस्तो छ तीन जिल्ला प्रशासनको आदेश
२७ पुस, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका सीडीओहरुको बैठकले उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । मंगलबार बसेको उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार बैठकले सार्वजनिकस्थलमा २५ जना बढी मानिस भेला हुन रोक लगाउने निणर्य गरेको हो । उनले भने,गृह मन्त्रालयको निर्देशनलाई कार्यान्वयन गर्छौं । सार्वजनिक स्थलमा भेला हुन पाइँदैन । निणर्यको सूचना केहीबेरमा सार्वजनिक गर्छौं ।
यसअघि सोमबार गृहमन्त्रालयले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन नपाइने भन्दै सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र पठाएको थियो । नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ । सोमबार मात्र १४ सय बढीमा संक्रमण पुष्टि भएको थियो। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि देखिएको छ । हालसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ ।
काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो । जसअनुसार घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन । २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply