उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन राेक, यस्तो छ तीन जिल्ला प्रशासनको आदेश
२७ पुस, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका सीडीओहरुको बैठकले उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । मंगलबार बसेको उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार बैठकले सार्वजनिकस्थलमा २५ जना बढी मानिस भेला हुन रोक लगाउने निणर्य गरेको हो । उनले भने,गृह मन्त्रालयको निर्देशनलाई कार्यान्वयन गर्छौं । सार्वजनिक स्थलमा भेला हुन पाइँदैन । निणर्यको सूचना केहीबेरमा सार्वजनिक गर्छौं ।
यसअघि सोमबार गृहमन्त्रालयले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन नपाइने भन्दै सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र पठाएको थियो । नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ । सोमबार मात्र १४ सय बढीमा संक्रमण पुष्टि भएको थियो। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि देखिएको छ । हालसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ ।
काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो । जसअनुसार घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन । २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply