२८ पुष २०७८, बुधबार ११:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चौधरी ग्रुपलाई एनबी बैंकको ४१ प्रतिशत शेयर नबेच्न अदालतको आदेश
२८ पुस, काठमाडौं । बंगलादेशको आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४०.९० प्रतिशत शेयर खरिद प्रक्रिया अघि नबढाउन जिल्ला अदालतले आदेश दिएको छ ।
विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु/नगराउनु भनी विपक्षीहरुका नाममा आदेश जारी गरिएको छ ।
उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनी ७ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानूसार पेश गर्नू’ आदेशमा भनिएको छ ।
न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । सनराइज बैंकका अध्यक्ष समेत रहेका एमभी ग्रुपका अध्यक्ष मोतीलाल दुगडले ९ महिनाअघि आफूहरुलाई शेयर बिक्री गर्ने सम्झौता गरेर फेरि चौधरी ग्रुपलाई बेच्ने सम्झौता गरेको भन्दै अदालत पुगेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply