उद्धार उडानको अनियमितता छानबिन गर्न मन्त्री आलेद्धारा छानविन समिति गठन
२९ पुस, काठमाडौं । कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समिति गठन गरेका छन् ।
मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहेका छन् । समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको समितिका एक सदस्यले जानकारी दिए ।
कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २३९ ‘चार्टर्ड फ्लाइट’ गरेको थियो, मन्त्रालयका ती अधिकारीले भने, त्यसको छानबिन गर्नका लागि समिति गठन भएको हो । समितिले शुक्रबारबाट छानबिन थाल्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply