तनहुँमा जीप दुर्घटना : नौं महिने बालिकासहित मृत्तकको संख्या ६ पुग्यो
१ माघ, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । पाँच जना घाइते भएका छन् ।
बन्दीपुर गाउँपालिका- ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियामा दुर्घटना हुँदा बन्दीपुर गाउँपालिका-६ धरमपानी बस्ने ९ महिने बालिका आरूबि थापा, २३ वर्षीय रोशन गुरूङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशिलादेवी न्यौपाने, ७६ वर्षीया बिममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको हो ।
दुर्घटनामा परी सनिषा थापा, ७ महिनाकी बालिका दिविसा मगर, मम्फुली गुरुङ, कुमारिया गुरुङ र जमुना थापा घाइते भएका छन् । घाइतेमध्ये केहीको बन्दीपुर अस्पतालमा र केहीलाई थप उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटना लगतै घाइतेको उद्धारका लागि गाउँपालिकाको गाडी घटनास्थलमा पठाएर घाइतेलाई उपचारका लागि बन्दीपुर अस्पताल ल्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूणर्सिंह थापाले जानकारी दिए । जीपमा १२ यात्रु थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply