नामाकरण र राजधानी तोक्न प्रदेश २ मा आज मतदान

३ माघ, जनकपुर । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि आज मतदान हुदैंछ । सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि मतदान हुनेछ ।
नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी मतदानबाट टुङ्गो लगाउन लागिएको हो ।
प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ–आफ्नै अडान दोहोर्याएपछि नाम र राजधानी टुंग्याउन मतदान हुने भएको हो ।
आइतबारको बैठकमा प्रदेशसभा सांसदहरू बोल्ने क्रम नसकिएकाले सोमबार ११ बजे फेरि संसद् बैठक डाकिएको हो । सोमबार सांसदको बोल्ने क्रम सकिएपछि नाम र राजधानीको छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।
सभामुख नेतृत्वको संसदीय समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस तथा राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको छ ।
प्रदेशको नाम मधेसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी (केन्द्र) को साझा प्रस्ताव हो । जानकी एमाले र नेकपा (एकीकृत समाजवादी) प्रस्ताव हो । मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव हो । यी सबै दलका बारा–पर्साका सांसदले भने प्रदेशको नाम मध्य मधेस भनेर छुट्टै प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरुले वीरगन्ज छुट्टै प्रस्ताव हालेका छन् ।
प्रदेश २ मा हाल जसपा, कांग्रेस, माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार छ । प्रदेशसभाका १ सय ७ सांसदमध्ये माओवादीले ४ सांसदलाई कारबाही गरेपछि हाल १ सय ४ सांसद छन् । प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ मत अनिवार्य छ ।
यसअघि चैत २०७६ मा पनि नाम र राजधानी टुंग्याउन गरिएको कुनै प्रस्तावमा दुई तिहाई मत पुग्न सकेको थिएन्।
सम्बन्धित समाचार
-
एमालेको जनमत यथावत छ : उपमहासचिव ज्ञवाली
-
काठमाडौँ महानगरपालिका : बालेन साहको ९,५६३ मतान्तरसहित अग्रता
-
घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी
-
बनेपाको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
-
५३४ पालिकाको मत परिणाम : कांग्रेस, २४१, एमाले १५४, माओवादी १०१ वटामा विजयी
-
हालसम्मको मत परिणाम : कांग्रेस २००, एमाले १२४, माओवादी केन्द्र ८६ पालिकामा विजयी
-
भरतपुरको मेयरमा रेनुलाई ८४८ मतको अग्रता
-
बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०
-
एमालेले हटायो नौ महिनादेखि जारी संसदको अवरोध
-
एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल
-
२८२ स्थानीय तहको मतपरिणाम आउँदाः कांग्रेस ४५.३९, एमाले २७.६५ र माओवादी २१.६३ प्रतिशत तहमा विजयी
-
सुदूरपश्चिम प्रदेश : हालसम्म कांग्रेस १९, एमाले १६, माओवादी नौं पालिकामा विजयी
Leave a Reply