हवाई यात्रामा एन्टिजेन परीक्षण अनिवार्य नगरिने, खोप कार्ड देखाए पुग्ने
५ माघ, काठमाडौं । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबार बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो ।
यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वायुसेवा कम्पनीलाई जानकारी गराएका छन् । सोही अनुसार वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरेको छ ।
नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।
यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ । यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धि लक्षण भए नभएकोबारे सोधपुछ गरिने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply