९ माघ २०७८, आईतवार ०३:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पूर्वप्रधानन्यायाधीशको निधनमा आज देशभरका अदालत बन्द
९ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।
मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।
काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply