माओवादी नेता पुन आज स्वदेश फर्किँदै
१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ अपराह्न नेपाल आउन लागेका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ।
वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।
हाल उनको शरीरमा बिलुरुबिन ९जण्डिस० को मात्रा नियन्त्रित अवस्थामा छ । बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो । चिकित्सकहरुका अनुसार स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने र त्यसभन्दा माथि भए जण्डिस भएको मानिन्छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply