कांग्रेसको केन्द्रीय समिति बैठक भोलि भर्चुअल माध्यमबाट बस्ने
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएकाले भर्चुअल बैठक बस्छ, महामन्त्री थापाले भने, शुक्रबार ११ बजे बैठक बस्छ ।
कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् ।
महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढि मत पाउने स्वतह केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डा शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् । ३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधा छ । जसअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply