सत्ता गठबन्धनको वैठकमा राष्ट्रपतिको आलोचना
१५ माघ, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको वैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ । राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी थिइन् । करिव एक घण्टा भएको भेटमा भण्डारीले लिखित रुपमै धारणा राखेको र सो पत्र प्रधानमन्त्रीलाई थमाएकी थिइन् ।
पत्रमा स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सरकारी तयारीलाई चिन्ताजनक भन्दै राष्ट्रपतिले समयमै निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने बताएकी थिइन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको पत्रबारे छलफल भएको थियो । नेताहरुले राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र दिनु असंवैधानिक भएको बताएका छन् ।
राष्ट्रपतिले राजनीति गर्न खोज्दै हुनुहुन्छ राजनीतिक महत्वकांक्षाका कारण उहाँले असंवैधानिक कदम चाल्नु भएको छ, बैठकमा सहभागी एक नेताले भने । गठबन्धनको वैठक आज ४ बजे फेरि बस्दैछ । सत्ता गठबन्धनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु चुनावबाट भाग्न नखोजेको बताउँदै बैसाखमै चुनाव भए पनि सामना गर्न तयार रहेको बताएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply