हराएको २४ लाख डोज खोप खोज्न छानविन समिति गठन
१६ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको २४ लाख डोज खोपका विषयमा छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा ५ सदस्य समिति गठन भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपालप्रेसलाई जानकारी दिए ।
मन्त्रालयका प्रमुख डा लोहनी संयोजकत्वमा गठित समितिको सदस्य स्वाथ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक विवेक कुमार लाल स्वास्थ्य समन्वय महाशाखा प्रमुख समेत रहेकी मन्त्रालयकी प्रवक्ता समेत रहेकी डा संगीता मिश्रा सहित अन्य दुई गरी ५ सदस्य रहेका छन् ।
समितिले दुई हप्तामा खोपको अभिलेखको बारेमा प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले बताइन् ।
उनले भनिन्, खोपको अभिलेखको बारेमा विभिन्न संचारमाध्यममा उठेको प्रश्नहरुको बारेमा अभिलेख अध्यावधिक गर्नको लागि ५ सदस्य समिति गठन गरिएको छ । र सो समितिले दुई हप्तामा खोपको अभिलेखको बारेमा स्पष्ट पार्नेछ ।
साथै मन्त्रालयले सबै प्रदेश जिल्ला र स्थानीय तहहरुलाई कोभिड १९ विरुद्धको खोपको बारेमा पूर्ण अभिलेख राख्न र प्रतिवेदन चुस्त दुरुस्त बनाउँदै खोपसँग सम्बन्धित तथ्यांक केन्द्रसम्म पठाउन आग्रह गरेको छ ।
अभिलेख तथा प्रतिवेदनहरु पुर्ण रुपमा प्राप्त भएपछि मन्त्रालयबाट दैनिक रुपमा विवरणहरु सार्वजनिक भइरहेको उनले बताइन् ।
गत माघ ४ गते संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरेको २४ लाख खोप हराएको बताएका थिए ।
विभिन्न देशबाट नेपाल भित्रिएकोमध्ये करिब २४ लाख डोज बुस्टरडोज खोप ‘गायब’ भएको थियो ।
मन्त्रालयका सचिव डा। पोखरेलले विभिन्न दाताबाट नेपालल प्राप्त गरेको र खरिद गरेकोमध्ये २० देखि २४ लाख डोज खोप लगाएको तथ्याङ्क नभएको बताएका थिए ।
खोप कार्ड नबनाएरै खोप लगाउने गरेको उदाहरणहरु देखिएको उल्लेख गर्दै उनले यसको एकीन विवरण सरकारसँग नभएकोसमेत दाबी गरेका थिए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply