नयाँ पार्टी गठन गर्दै बामदेव गौतम
१८ माघ, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी गठनको तयारी थालेका छन् । एमालेका पूर्व उपाध्यक्ष गौतमले यही माघभित्रै नयाँ पार्टी खोल्ने जानकारी गराएका छन् । राष्ट्रिय सभाका सदस्य समेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि केही दिनभित्रै निर्वाचन आयोग जाने तयारी रहेको बताइएको छ । पार्टीको नाम भने अहिले सार्वजनिक भइसकेको छैन ।
नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेयता एमालेबाट राजीनामा दिएर बसेका गौतम हाल दलविहीन छन् । २०७४ सालको संसदीय चुनावमा बर्दिया-१ मा पराजित गौतमलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा गरेको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्य पदमा मनोनयन गरेकी हुन् । गौतम ६ वर्षका लागि राष्ट्रिय सभाको सांसद बनेका हुन् ।
एमाले र माओवादी केन्द्र एकता गरी बनाइएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा सचिवालय सदस्य रहेका गौतम सर्वोच्च अदालतको फैसलाले दुई पार्टी अलग भएपछि एमालेका उपाध्यक्ष बनेका थिए । तर एमाले पनि फुटेपछि उनी कतै नलागी बसेका हुन् । गौतमले यसअघि २०५४ मा पनि एमालेबाट अलग भई नेकपा माले गठन गरेका थिए, तर ४ वर्षपछि २०५८ मा पुनः एमालेमै मिसिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply