एमसीसी सम्झौतामा कुनै विषय नलुकाइएको एमसीए नेपालको प्रष्टोक्ति
१८ माघ, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै गोप्य र लुकाइएका दस्ताबेज नरहेको बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर एमसीए नेपालले एमसीसीबारे सबै दस्ताबेज संस्थाको वेबसाइटमा रहेको र त्यहाँ उपलब्धबाहेक अरू कुनै गोप्य दस्ताबे नरहेको बताएको हो ।
सोमबार पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसीसम्बन्धी थप ६/७ वटा सहायक दस्तावेज रहेको बताएका थिए । अन्य सञ्चारमाध्यममा समेत थप दस्तावेजबारे समाचार प्रकाशित भएपछि एमसीए नेपालले आज विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो ।
एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरु प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चारमाध्यममा देखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक महत्वका सम्पूणर् दस्ताबेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ । एमसीए-नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसिए-नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुन्छ, विज्ञप्तिमा भनिएको छ ।
एमसीए नेपालले गोप्य भनिएका कुनै पनि दस्ताबेज एमसीसीसँग गरिएका सम्झौता नभएको पनि विज्ञप्तिमा भनिएको छ । एमाले नेता भीम रावलले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसीसँग गोप्य सम्झौता गरेको दाबी गर्दै आएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply